FAQs Complain Problems

बडीकेदार गाउँपालिको संक्षिप्त परिचय

डोटी जिल्लाको साविक घाङल,बर्छैन, मान्नाकापडी र लानाकेदारेशवर गा.वि.स. लाई मिलाएर बडीकेदार गाउँपालिकाको स्थापना २०७३ चैत्र २ गते भएको हो । डोटी जिल्लाको सदरमुकाम बाट १५० कि.मि. दक्षीण तर्फ रहेको यस गाउँपालिकाको नाम यसै क्षेत्रको प्रसिद्ध धाम बडीकेदार को नाम बाट नामाकरण गरिएको छ । यस गाउँपालिकामा जम्मा ५ वटा वडाहरु रेहका छन् । समुद्री सतह देखि १८०० मिटर उचाईमा रहेको यस गाउँपालिकाको कुल क्षेत्रफल ३३२.५५ वर्ग किलोमिटर रहेकोछ । धार्मिक पर्यटन र जटीबुटीको प्रचुर सम्भावना रहेको यस गााउँपालिकाको प्रमुख प्रसिद्ध धार्मिक स्थल बडीकेारधाम यस गाउाँपालिकाको वडा नं. ५ मा र प्रमुख पर्यटकीय स्थल कालारुवा ताल यस गाउँपालिकाको वडा नं. ४ मान्नाकापडी मा रहेको छ ।

भौगोलिक अवस्थिति:

सिमाना:

पूर्व:बोकटान गाउँपालिका

पश्चिम: जोरायल गाउँपालिका र कैलाली जिल्ला

उत्तर:शिखर नगरपालीका, वोगटान,जोरायल र के.आई.सिंह गाउँपालिका

दक्षीण:कैलालाी जिल्ला

कुल जनसंख्या: १४९०२ (२०७८ सालको जनगणना अनुसार )

   पुरुष: ७३७७, महिला: ७५२५

   कुल परिवार संख्या: २९०५

   कुल साक्षरता दर: ७६.१% (पुरुष सारक्षरता दर: ८४.८%, महिला साक्षरता दर: ६७.७%)

   जनघनत्व:४५

https://censusnepal.cbs.gov.np/results/np/population?province=7&district...

https://www.sthaniya.gov.np/gis/